खेलकुद

पीएनजीविरुद्ध आसिफको शतक

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ओपनर आसिफ सेखले शतक पुरा गरेका छन् ।

आसिफले १०१ बलमा १० चौका र २ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । ३२ एकदिवसीय खेल खेलिरहेका आशिफको यो पहिलो शतक हो ।

उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पाँचौ खेलाडी बनेका छन् ।

यसअघि नेपालका लागि पारस खड्का, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले एकदिवसीय शतक पुरा गरेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३५ ओभरमा ३ विकेट गुमाई १८६ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *