खेलकुद

ओलम्पियन पलेषा गोवर्धनलाई उत्कृष्ट पाराएथलिट ‘अवार्ड’

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत २०७२ को उत्कृष्ट पाराएथलिट अवार्ड पलेषा गोवर्धनले जितेकी छिन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमबीच पारा ओलम्पियन पलेषाले उत्कृष्ट पाराएथलेट वर्ष अवार्ड प्राप्त गरेकी हुन् । पल्सर स्पोर्टस् अवार्ड विगत १८ वर्षदेखि आयोजना हुँदै आएको नेपाली खेलकुदकै सबैभन्दा लोकप्रिय खेल सम्मान हो । पल्सर स्पोर्टस् अवार्डको १९औं संस्करण आज सार्वजनिक गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *