काठमाडौं ।प्रदेश १ को प्रदेश सभामा आज प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने तयारी छ ।
पहिलो कार्यकालमा प्रदेशको नाम टुंग्याउन नसकेको प्रदेश १ को संसद्ले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरणको विषयको टुंगो लगाउने प्रयास गरेको हो ।
नेपालको संविधानमा प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ ।
प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद छन् ।
७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरणको टुंगो यसअघि नै लागिसकेको छ ।




