ताजा समाचार

ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थप १६ जना केन्द्रीय समिति थपेको छ ।

आज (सोमबार) बसेको केन्द्रीय समितिको बैठक थप १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति २४ बाट बढाएर ४० पुर्याएको जानकारी दिए ।

बुर्लाकोटीका अनुसार ज्वाला संग्रौला र रमेश प्रसार्ईलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरको छ ।
त्यस्तै निशा मेहता, विन्दाबासीनी कंसाकार, रुप शंकर, विजय जैरु, मेघ आले, महोनबहादुर थापा, खुस्बु शंकर श्रेठ, टिका संग्रौला र हरि भट्टलाई केन्द्रीय समितिमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी धुर्व अधिकारी, लिमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल प्रतिभा रावल र गोमा क्षेत्री पनि केन्द्रीय समितिमा मनोनित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *