ताजा समाचार

नेपालको गुनासो : प्रचण्डले एकीकृत समाजवादीलाई बेवास्था गरे

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैलाई आफ्नो शक्ति बलियो भएको भ्रम परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले कसको शक्ति बलियो, कसको शक्ति कमजोर चुनावको मैदानमा मात्र थाहा भएको बताएका छन्।

उनले निर्वाचनको परिणाम आएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका तीन जनाले आलोपालो प्रधानमन्त्री हुने कुरा चलेको स्मरण गरे। गठबन्धनमा सहमति नभएपछि प्रचण्डले ओलीसँग बसेर छलफल गरौं भनेर प्रस्ताव राखेपनि प्रचण्ड एक्लै बालकोट पुगेको उल्लेख गरे।

नेपालले भने, ‘शेरबहादुर सँग के खबर गएछ भने, एमाले पार्टीले प्रचण्डजीलाई प्रधानमन्त्री बनाउँदैन, तपाईंलाई समर्थन गर्न भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ। देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो।’

नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन्। ओलीलाई सत्ताच्युत गर्न आफूले निर्णायक भूमिका खेलेपनिअहिले ओलीसँग मिलेर प्रचण्डले आफूलाई बेवास्ता गरेको भन्दै नेपालले चित्त दुखाएका हुन्। ‘अहिले प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ। उहाँ बनेकोमा हामीलाई कुनै गुनासो छैन, तर जुन हिसाबले हाम्रो पार्टीलाई बेवास्था गरिएको छ। यो गम्भीर विषय बनेको छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *