ताजा समाचार

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि समसामयिक विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी छ ।

बैठकअघि प्रधानमन्त्री दाहाललाई पार्टीका कार्यकर्ता र पदाधिकारीहरुले बधाई दिएका थिए ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्ति भएसँगै माओवादी पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा वर्तमान अवस्था र मन्त्रीमण्डल विस्तारबारे पदाधिकारीहरूबीच छलफल भइरहेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूको समर्थनमा माओवादी अध्यक्ष दाहाल मुलुकको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त दाहाललाई आज अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *