निर्वाचन-२०७९

कांग्रेसले पनि कटायो समानुपातिकमा २० लाख भोट

काठमाडौं ।नेकपा एमालेपछि नेपाली कांग्रेसले पनि प्रतिनिधिसभातर्फ समानुपातिकमा २० लाख भोट कटाएको छ।

एमालेले यसअघि नै शनिबार दिउँसो २० लाख भोट कटाइसकेको छ। लोकप्रिय मत पाइरहेको एमालेलाई पछ्याइरहेको कांग्रेसले शनिबार अपरान्ह २० लाख ९ हजार ४९८ मत पाएको हो।

उता पहिलो स्थानको एमालेले अहिलेसम्म २० लाख ९४ हजार ९८ मत ल्याइसकेको छ। तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ८ लाख ९० हजार ३६३ मत पाएको छ। चौथोको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ४३२ मत पाएको छ।

उता पाँचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५७ हजार ११ मत ल्याइसकेको छ। छैटौँ स्थानको जनता समाजवादी पार्टीले २ लाख ४७ हजार ५५२ मत ल्याएको छ। उता सातौँ स्थानको नेकपा एकीकृत समाजवादीले १ लाख ९१ हजार ९७३ मत ल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *