निर्वाचन-२०७९

सिन्धुपाल्चोक–१ प्रदेश सभा (१) मा कांग्रेसकी मसिना विजयी

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ को प्रदेश सभा(१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी हुनु भएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ(डिबी) लाई पराजित गदै विजयी हुनु भएको छ ।

काँग्रेसबाट गठबन्धनको उम्मेदवार भई विजयी मसिनाले १४ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार २२५ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्मला श्रेष्ठले एक हजार ९९१ मत प्राप्त तेस्रो हुनु भएको छ । उक्त प्रदेश सभामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । उहाँ नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य हुनहुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *