ताजा समाचार

रसुवा : हिमाली चिसोमा निर्वाचनको गर्मी

काठमाडौँ ।उत्तरी नाका रसुवागढी रहेको रसुवामा निर्वाचनको गर्मी मज्जैले लागेको छ। हिमाली जिल्ला भएको कारण जिल्लाको उत्तरी भेगमा राम्रै जाडो उकालो लागिरहेको छ। तरयही बढ्दो चिसोमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको गर्मी भने बढ्दो रहेको छ। रसुवामा मुख्यगरी गठबन्धनका उम्मेदवारसँग एमालेको उम्मेदवारको प्रमुख प्रतिस्पर्धा हुनेछ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्य र नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ। आचार्य २०७४ को निर्वाचनमा नेकपा एमालेका जनार्दन ढकाललाई पराजित गरी निर्वाचित हुनु भएको थियो। आचार्य दोहोरिने दाउमा हुनुहुन्छ भने २०७० को दोस्रो संविधान सभामा समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएका तामाङ पनि पहिलो पटक प्रत्यक्षतर्फ निर्वाचित हुने योजनामा हुनुहुन्छ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २०४८ यता दुई पटक राष्ट्रिय प्रजातन्त्र पार्टीदुई पटक नेपाली कांग्रेसएक पटक नेकपा एमाले र एक पटक नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन्। २०४८ र २०५१ मा राप्रपाका उम्मेदवार रामकृष्ण आचार्य विजयी भएको रसुवामा अहिले राप्रपाको अवस्था ‘कोमा’ मा रहेको छ। पाँच स्थानीय तह रहेको जिल्लामा गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तीन पालिका प्रमुखमा उम्मेदवारी दिएका राप्रपाले जम्मा ३६ मत ल्याएको छ। २०६४ मा नेकपा माओवादीका प्रेमबहादुर तामाङले संविधानसभा सदस्य निर्वाचित हुनु भएको थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीमा यिनै तामाङ एमालेका जनार्दन ढकालसँग पराजित हुनुभयो। माओवादी विभाजनपछि तामाङ डा. बाबुराम भट्टराईको पछि लाग्दै नयाँ शक्ति पार्टीबाट २०७४ को प्रदेशसभा सदस्य निर्वाचित हुँदै नेपाली कांग्रेसको १४ औं महाधिवेशनअघि कांग्रेसमा समाहित हुनुभएको छ। रसुवामा बलियो छवि बनाउनु भएको तामाङ अहिले कांग्रेसमा भए पनि उम्मेदवार बन्न पाउनु भएन। माओवादी र नयाँ शक्तिमा हुँदा देखिएको राजनीतिक साख कांग्रेससम्म आइपुग्दा सेलाएको छ। यो पटकको चुनावी कार्यक्रममा प्रत्यक्ष नदेखिनुभएको कारण पनि तामाङको मत दायाँबायाँ गर्ने पो हुन कि भन्ने गठबन्धनलाई आशंका उत्पन्न गराएको छ।

बाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारले जिल्लाका उत्तरी क्षेत्र गोल्जुङहाकुचिलिमेटिमुरेस्याफ्रु लगायतको क्षेत्रमा घरदैलो अभियान तथा आमसभाहरू सकेर दुबै पक्ष अहिले कालिकाउत्तरगयानौकुण्ड लगायतको क्षेत्रमा केन्द्रित भएको बताएका छन्।

स्थानीय चुनावको अंकगणित

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा रसुवाको पाँच स्थानीय तहमा अध्यक्षको उम्मेदवारले ल्याएको मतको आधारमा गठबन्धन बलियो देखिएको छ। उक्त निर्वाचनमा नेकपा एमालेका अध्यक्षका उम्मेदवारहरूले १२ हजार दुई सय ८७ मत ल्याएका थिए। नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरूले १२ हजार एक सय ६६ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारहरूले तीन हजार दुई २७ मत ल्याएको छ। यो अंकगणितले गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेसका आचार्यलाई दोहोरिन सक्ने संकेत गर्दछ। तरतामाङ बाहुल्य रसुवामा तामाङ उम्मेदवार थप मत लिन्न सक्ने र एमालेको एक्लै बलियो जनाधार भएको कारण पनि एमालेका छोवाङ तेन्जिङ तामाङलाई कांग्रेसले कमजोर उम्मेदवार ठान्ने भूल नगर्ने कांग्रेसका कार्यकर्ताहरू बताउँछन्।

नाका: चुनावी मुद्दा

हिमाली जिल्लादुर्गम जिल्ला रसुवामा समस्याका अनेक विषयका चाङ उम्मेदवारहरूभन्दा पनि निकै अग्लो रहेको छ। पछिल्लो समय हरेक निर्वाचनमा पछिल्लो समय नाकाको मुद्दा प्रमुखताको साथ उठ्दै आएको छ। अहिले पनि प्रमुख दलका उम्मेदवारहरूले रसुवागढी नाकालाई व्यवस्थित बनाउने र रसुवाको समग्र विकासलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका छन्। नाकासम्म पुग्ने सडकलाई स्तरोन्नतिका लागि पहल गर्ने उनीहरूले चुनावी एजेण्डा बनाएका छन्। कांग्रेस उम्मेदवार आचार्य र एमाले उम्मेदवार तामाङ दुवैले नाकालाई व्यवस्थित बनाउन र आयात निर्यात सहज रुपमा नियमित सञ्चालन गर्न संसद्‌मा जोडदार रुपमा आवाज उठाउने बताउनु भएको छ। भूकम्पको कारण समस्यामा परेको नाका अझै सहज रुपमा सञ्चालन हुन सकेको छैन। चीनतर्फ नाकाको पुनर्निर्माण भइरहेको भए पनि नेपाल पट्टीको अलपत्र रहेको छ। नाकासम्म जाने सडकको स्तरोन्नतिले पनि गति लिन सकेको छैन।

तीब्र चुनावी प्रचारप्रसारमा रहेका कांग्रेस उम्मेदवार आचार्यले रसुवागढी नाकानौकुण्ड खानेपानीमुख्य तथा सहायक सडकहरूको स्तरोन्नति लगायतका कामहरू आफ्नो प्राथमिकतामा रहेको बताउनु भएको छ।

एमाले उम्मेदवार छोवाङ तेन्जिङ तामाङको समूहले ८ बुँदे घोषणापत्र नै सार्वजनिक गरेको छ। शिक्षास्वास्थ्यरोजगारी प्रवर्द्धनजडीबुटीजलविद्युत् तथा पूर्वाधार विकास लगायतका विषय समेटिएको घोषणापत्रमा जिल्लावासीलाई ५० युनिटसम्म विजुली निशुल्क उपलब्ध गराउन पहल गर्नेरसुवाका बहुमूल्य जडीबुटीको खेती प्रवर्द्धन गराउनेहाल सञ्चालन तथा ट्याक खोलिएका जिल्लाका विभिन्न १६ वटा सडकको स्तरोन्नति गर्नेविर्ता समस्या समाधान गर्नेपर्यटनसिंचाई लगायतका विषयमा प्रतिवद्धता जनाएको छ।

निर्वाचन र पैसाको चर्चा

सानो हिमाली जिल्ला रसुवाका हरेक निर्वाचनमा पैसाको खोलो बग्ने स्थानीय जानकारहरू बताउँछन्। यो क्रम २०४८ सालदेखि नै जारी रहेको स्थानीयको भनाई छ। रसुवामा २०४८ यता भएका ६ निर्वाचनमा ४ पटक निर्माण व्यवसायीएक पटक नुवाकोटबाट गएका पूर्व आइजिपी र एकपटकमात्र पूर्ण राजनीतिक कार्यकर्ता निर्वाचित भएको विगतले पनि रसुवाको निर्वाचनमा सामान्य राजनीतिक पृष्ठभूमिबाट उठेर आएर निर्वाचित हुन सकसपूर्ण रहेको देखाउँछ। त्यसो त एमाले उम्मेदवार तामाङले रसुवाको निर्वाचनमा हुने गरेको पैसाको राजनीतिक अन्त्य गर्न उम्मेदवार भएको दाबी गर्दै आउनु भएको छ।

३९ हजार चार सय ५९ मतदाता रहेको रसुवामा कसरी जित आफ्नो पोल्टामा पार्छ। त्यसको लागि मंसिर ४ नै कुर्नु पर्छ। प्रदेश क्षेत्र नं.१ मा १९ हजार सात सय ७४  र प्रदेश क्षेत्र नं. २  मा १९ हजार छ सय ८५ मतदाता छन्। गठबन्धन र एमाले बाहेकका अन्य दलका उम्मेदवार पनि चुनावी मैदानमा छन्। तरउनीहरूको उपस्थिति बलियो देखिएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाराष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटानेपाल मजदुर किसान पार्टीका रामेश्वर बासीमंगोल नेशनल अर्गनाइजेसनका विकास गलानस्वतन्त्रबाट रामशरण पौडेलस्वतन्त्रबाट लिला बहादुर न्यौपाने र स्वतन्त्रबाट कर्साङ वाङदी तामाङ चुनावी मैदानमा हुनुहुन्छ।

प्रदेशमा पनि दुई पक्षिय प्रतिस्पर्धा

दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेशमा पनि वाम लोकतान्त्रिक र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेश १ मा एमालेका कुलप्रसाद भट्ट र नेपाली कांग्रेसबाट प्रभात तामाङसहित आठ जना र प्रदेश २ मा  नेपाल कम्युनिष्ट पार्टी एमालेबाट तेम्व्रेल तामाङ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट इन्द्रप्रसाद गोतामेसहित ८ जना उम्मेदवार चुनावी दौडमा हुनुहुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *