ताजा समाचार

चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमथि कारर्बाही सुरु भएको छ ।

जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने जिम्मेवारी पाएको समितिको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाहलमा बैठक बस्ने सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ । २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।

प्रतिनिधिसभाले २२ साउनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा पठाए पनि सदस्यहरूको व्यस्तताले नौ दिनसम्म बैठक बस्न सकेको थिएन ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए । महाभियोग दर्ता भएको ६ महिनापछि कारवाही प्रक्रिया सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *