ताजा समाचार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं।प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *