ताजा समाचार

शेखर समूहको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट शेखर कोइराला समूहको वैठक आज (शनिबार) बस्दैछ ।

पार्टीमा सभापति देउवाको एकलौटी भएको भन्दै असन्तुष्ट कोइराला समूह पार्टीभित्रको राजनीतिक रणनीति बनाउन छलफलमा जुट्न लागेको हो । सो समूहले देउवाले हरेक निणर्य आफूखुशी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक बस्न लागेको हो ।

आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको एक नेताले जानकारी दिएका छन् । सभापति देउवाले पाँच वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताए ।

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निणर्यमा पुगिने ती नेताको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *