राजनीति

राजेन्द्र लिङ्देनको प्रस्ताव- ‘चुनाव घोषणापछि सरकार विघटन गरौँ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन घोषणापछि सरकार पनि विघटन गर्नुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि चुनाव घोषणापछि सरकार विघटन गर्नुपर्ने धारणा राखेका हुन् ।

स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउनुपर्ने उनको भनाइ छ । ‘निर्वाचन घोषणापछि पनि संसद्लाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र, निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ’ उनले भनेका छन् ।

सरकारलाई जनता र प्रजातन्त्रमा विश्वास भएमा सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउने दिशामा अघि बढ्न लिङ्देनले आग्रह गरे । उनले अगाडि भनेका छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्र माथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *