काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको बताएका छन् ।अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताएका छन् ।
शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै उनले भने, ‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो । किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन ।’
१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी रहेको र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको उनले बताए । स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताकाे कारण पूरा हुन नसकेको प्रचण्डले बताए ।




