ताजा समाचार

छानबिन समिति सदस्य ज्ञवालीले भने- सत्तापक्षका सांसदका कारण छानबिन पूरा हुन पाएन

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिले पूर्णरूपमा काम गर्न नसकेको बताएका छन् ।

छानबिन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रवार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभि बाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेको बताएका हुन् ।

उनले समितिमा रहेका सत्तापक्षका सांसदहरूका कारण छानबिन पूर्ण हुन नसकेको आरोप समेत लगाए । अनधिकृत भनिएका व्यक्तिहरूको कल डिजेल लिने र लोकेसन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरूको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाई छ ।

अनुसन्धान पूर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरूपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफू मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए । उनले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धति मुख्य विषय भएको र समितिमा तथ्यमा नै पूर्ण रूपमा छलफल हुन नसकेको तर्क गरे ।

उनले समितिले बनाएको कार्यविधि अनुसार पनि काम हुन नसकेको जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *