राजनीति

बाजुरा बूढीगंगाको मतगणना केहीबेरमा, सर्वदलीय वैठक बस्दै

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ ।

मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिएका छन् ।
हिजो रातिदेखि नै मतगणना शुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउनेलगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना शुरु गर्ने सहमति गरेको कडायतले बताएका छन् ।

बूढीगंगामा १३ हजार ६५९ मतदातामध्ये ९,१२८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगंगामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः निर्वाचन गरेको गरेको हो । बूढीगंगाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *