काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् ।
विहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा शेखर कोइराला समूहकी कमला पन्तलाई पछाडि पार्दै शेरबहादुर देउवा समूहकी उपाध्याय विजयी भएकी हुन् । उनी २५३३ मत ल्याएर सहमहामन्त्रीमा विजयी भइन् भने प्रतिद्वन्द्वी पन्तले २१०५ मत मात्र ल्या्इन् ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।




