राजनीति

घन्कियो नारा : काङ्ग्रेसको महामन्त्री, अबको प्रधानमन्त्री

काठमाडौँ। नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगनकुमार थापाको समर्थनमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा नारा घन्किएको छ । बुधबार महामन्त्रीमा निर्वाचित भएर थापा बाहिरिँदै गर्दा काङ्ग्रेस नेता–कार्यकर्ताले उनको समर्थनमा नाराबाजी गरेका थिए ।

उनीहरूले ‘गगन थापा, हाई–हाई’, ‘नेपाली काङ्ग्रेस महामन्त्री अब देशको प्रधानमन्त्री’ लगायतका नारा लगाएका थिए । थापा १४औँ महाधिवेशनबाट सर्वाधिक धेरै मत पाएर महामन्त्री पदमा निर्वाचित भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *