काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् ।
विहिबार नै सम्पन्न मतगणनामा थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर विजयी भएका हुन् ।
थापाले पार्टी कार्यालयमा बोल्दै महाधिवेशनले दिएको जिम्मेवारीलाई इमान्दार भएर बहन गने बताएका छन् ।
महाधिवेशनमा आफुहरुले परिवर्तनको एजेण्डा अगाडी ल्याए पनि त्यसलाई पूर्ण रुपमा सफल नभएपनि पार्टी सभापतिसँग मिलेर पार्टीलाई विधि सम्मत तरिकाले चलाउने बताए ।
थापाले आफुलाई अब एकदिन पनि थाक्ने र चुक्ने सुबिधा आफुलाई नभएको भन्दै आफुले काँग्रेसलाई नयाँ किसिमले अगाडी बढाउने बताए ।




