समाचार

दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । उपसभापतिमा दुई सिट छ । देउवा समूहकै पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *