काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
आज (बुधबार) बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् नेपालले देउवालाई काङ्ग्रेसको सभापति निर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन् ।
नेपालले ट्विट गरेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली काङ्ग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
देउवा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् ।
आजै बिहान आएको मतपरिणामअनुसार देउवा शेखर कोइरालालाई पराजित गरी सभापतिमा निर्वाचित भएका हु्न् ।




