राजनीति

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक अहिले बसिरहेको छ ।

आजदेखि सुरु हुने संघीय संसदको १०औं अधिवेशनमा पार्टीको उपस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक बसेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो अधिवेशनका सबै बैठकहरुमा अवरोध गर्दै आएको छ । यस पटक पनि अवरोध गर्ने सम्भावनाका कायमै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *