देश

देउवाले पाएनन् बहुमत, सभापतिका लागि दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । ४५६३ मत गणना हुँदा कसैले पनि बहुमत ल्याउन नसक्ने भएपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

Cellpay
अब गन्न ११६ मत मात्रै बाँकी छ । सभापति शेरबहादुर देउवालाई बहुमतका लागि ११८ मत आवश्यक परेपछि पहिलो चरणमा नेतृत्व छान्न असफल भएको हो ।

पछिल्लो परिणाम अनुसार ४५६३ मतगणना भएकामा देउवाले २१४२, कोइरालाले १७०८, सिंहले ३५५, निधिले २४५ र गुरुङले २० मत प्राप्त गरेका छन् ।

अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *