समाचार

मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन् ।

आफूले एउटै पदमा तीन कार्यकाल काम नगर्ने मान्यताका साथ पदाधिकारी वा खुल्ला केन्द्रीय सदस्यमा जान चाहेको विश्वकर्माको भनाइ छ ।
‘मैले खुल्लामा चाहेको थिएँ, तर प्यानलमा अटाउन सकिनँ,’ त्यसैले बाहिरै बस्ने निर्णय लिएँ,’ उनले भने ।

आफूलाई अरु प्यानलबाट पनि अफर आएको तर आफूले देउवाको साथ नछाड्नले विश्वकर्माले बताए ।

अब आफू सभापति देउवालाई जिताउनमा केन्द्रित हुने विश्वकर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *