समाचार

चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको जटिल सफल प्रत्यारोपण, बिरामी केही दिनमा डिस्चार्ज हुने

काठमाडौं । चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको जटिल खालको सफल प्रत्यारोपण गरिएको छ। असार १८ गते दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।यस अघि पहिलो पटक चितवन मेडिकल कलेजमानै गत चैत ८ गते पहिलो पटक प्रत्यारोपण गरिएको हो ।

जाजरकोट कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपण गरिएको शल्य चिकित्सक सर्जन डा. सञ्जयकुमार यादवले जानकारी दिए। ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले उनलाई कलेजो दान गरेकी थिइन् ।

भरतबिक्रम शाहीमा कलेजो कलेजो प्रत्यारोपण गर्न १५ घण्टा लागेको थियो। हाल बिरामीको अवस्था सामान्य रहेको बताउँदै उनले २÷४ दिनमै डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जानकारी दिएको छ । उनकी श्रीमतीलाई गत सोमबार नै डिस्चार्ज गरिएको छ।

ती बिरामीको कलेजोमा सिरोसिस भइसकेको र सिरोसिस वीथ पोर्टल भेन थ्रोम्बसिस पीभीटी को समेत समस्या थियो। डा यादवका अनुसार पीभीटी भनेको कलेजोमा रगत जाने नशा ब्लकेज भएको थियो। जुन आफैँमा जटिल खालको शल्यक्रिया भएको उनी बताउँछन्।

उनले भने, ‘कलेजो प्रत्यारोपण आफैँ जटिल खालको शल्यक्रिया हो। त्यही माथि जुन बिरामीमा पीभीटीको समस्या हुन्छ। त्यो झनै चुनौतीपूर्ण हुन्छ।’

पीभीटी भएको बिरामीको कलेजोको सफल प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक भएको अस्पतालको दाबी छ।

प्रत्योपणमा डा यादव सहित, डा एकानन्द सिंह, डा जयन्तकुमार सिंह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम, डा विरेन्द्र राउत, रेडियोलोजिष्ट डा दिपक अधिकारी, डा सुवास ओझा लगायतको टिमले सो सल्यक्रिया सफल पारेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *