काठमाडौं । आजको लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाकाृ व्यस्तताको कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक भोलिको लागि सरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पदाधिकारी बैठक डाकेका थिए।
उनका अनुसार शुक्रबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा १४ औं महाधिवेशन र क्रियाशील सदस्यताबारे देखिएका विवादबारे छलफल गर्ने एजेन्डा थियो यस्तै सरकारमा सहभागी हुने अन्य मन्त्रीहरूबारे पनि छलफल गर्ने तयारी थियो।




