समाचार

भण्डारीको रहस्यमय मृत्युको अनुसन्धान गरी दोषीलाई कडा कारबाहि गर : नेपाली कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले चितवनको सुजिता भण्डारीको रहस्यमय मृत्युको गम्भिर अनुसन्धान गर्न माग गरेको छ । कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ती जारी गरि भण्डारीको मृत्युको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन माग गरेका हुन् । त्यस्तै कांग्रेसले भण्डारीले अफु अपहरणमा परेको सूचना दिएपनि तत्काल खोजी नहुनुमा प्रश्न चिन्ह खडा भएको बताएको छ ।

बिज्ञप्तीमा भनिएको छ , “पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ । ९ दिनसम्म उनि नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ । नेपाली कांग्रेस सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्दछ “।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *