काठमाडौ । त्रिभुवन विश्वबिद्यालय अँग्रेजी केन्द्रिय विभागका उप प्राध्यापक शंकर सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ । १ साता देखी पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसियु कक्षमा उपचाररत सुबेदीको बिहान निधन भएको हो । ४९ बर्षिया सुबेदीले विसं २०६२ सालबाट केन्द्रीय अंग्रजी विभागमा प्राध्यापन शुरु गर्नुभएको थियो ।
उहाँ एमाले निकट मानिने त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ टियु इकाइका कोषाध्यक्ष हुनुहन्थ्यो । उहाँका १ श्रीमती, २ छोरी र १ छोरा हुनुहुन्छ ।




