ताजा समाचार

बर्दियामा बाघको आक्रमणबाट बृद्धको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणमा परेर एक बृद्धको ज्यान गएको छ । भैसी चराउन गएका ति एक वृद्धलाई बाघले आक्रमण गरी मारेको हो । राजापुर नगरपालिका वडा नं। १० कालावन्जारका ६५ बर्षिय लालबहादुर चौधरीलाई गेरुवा गाउँपालिका ६ बाझपुरको नौलो वास सामुदायिक नर्सरीवाट बाघले झम्टेर जंगलभित्र लगेर मारेको निकुन्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए ।
बर्दिया राष्ट्रिय निकुन्जका अनुसार चौधरीलाई सोमबार दिउसो साढे एक बजेतिर बाघले आक्रमण गरी जंगलतीर लगेको थियो । बाघले आक्रमण गरेको खवर पाएपछि निकुन्जवाट तीनवटा हात्तीमा आएको निकुन्ज टोलीसहित सेना प्रहरी र स्थानीयको सहयोगमा खोजी गरी बेलुकी करीव ६ बजेतीर लास भेटीएको अधिकृत थापाले बताए । ‘चौधरीको पछाडीको भाग बाघले खाएको अवस्थामा लास भेटीएको छ’ उनले भने ।
यसअघि दुई महिना अघि गत पुस १७ गते मोटरसाइकलमा सवार कैलालीको लम्कीकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *