गण्डकी प्रदेश

गण्डकीमा लक्ष्यको ८० प्रतिशतले लगाए कोभिड खोप

पाेखरा । खोप अभियानअन्तर्गत गण्डकी प्रदेशमा लक्ष्यको ८०.४४ प्रतिशतले कोभिड खोप लगाएका छन् । कूल लक्ष्य १७ हजार ३९६ जना रहेकामा यस अवधिमा १३ हजार ९९४ ले खोप लगाएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा पाँच हजार २१९, गोरखामा एक हजार २०, नवलपुरमा ८३७, पर्वतमा ९९९, बागलुङमा एक हजार ८३, मनाङमा १५०, मुस्ताङमा १९६, म्याग्दीमा ५८६, लमजुङमा एक हजार २६८, स्याङ्जामा एक हजार ४७३ जनाले खोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *