ताजा समाचार

बालुवाटारमा ओली–नेपालबीच भेटवार्ता, पूर्वमाओवादीलाई एक्ल्याउने ओलीको दाउ

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यशैलीप्रति असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार आफ्नो पक्षका नेतासहित बालुवाटर पुगेका छन । कार्यकारी अध्यक्ष ओलीको निमन्त्रणामा बालुबाटार पुगेका नेपाल र ओलीबीच भेटवार्ता जारी छ । नेपालले आफुनिकट मानिने नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि लिएर बालुवाटार पुगेका थिए ।

ओलीले पूर्व माओवादीलाई एक्ल्यउन पूर्व एमाले समुहका नेताहरुसंग छलफल अघि बढाएका हुन । सचिवालय बैठकको मागपछि उत्पन्न परिस्थितिको बारेमा ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन ।शनिबार अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र दिएर सचिवालय बैठक माग गरेका थिए । सचिवाल बैठकको माग पार्टी विधान विपरित भएको भन्दै सचिवलाय बैठक नबोलाउने अडान ओलीले राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *