ताजा समाचार

संगठन निर्माणमा जुट्याे स्थानीय तह कर्मचारी युनियन

काठमाडौं । कोरोना भाइरसको महामारीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै स्थानीय तह कर्मचारी युनियन नेपालले संगठन विस्तारमा तिब्रता दिएको छ । युनियनले एक महिनाको बीचमा आधा दर्जनभन्दा बढी जिल्लामा संगठन निर्माण र विस्तार गरेको हो ।

युनियन सम्वद्ध स्थानी तहका कर्मचारीलाई समेटेर युनियनले कास्की,नुवाकोट,रसुवा, महोत्तरी र बारा जिल्लामा जिल्ला कार्यसमिति गठन गरेको छ ।

युनियनले असोजको पहिलो साता कास्की जिल्लामा इन्जिनियर सुरेन्द्र पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला थापा, कुलराज पौडेल, सचिवमा जीवन प्रसाद रेग्मी र कोषाध्यक्षमा लक्ष्मी खनाल चयन भएका छन । यसै गरी स्थानीय तह कर्मचारी युनियनको पोखारा महानगरपालिका इकाई समिति इन्जिनियर अमिर भण्डारीको अध्यक्षमा गठन भएको छ । उपाध्यक्षमा कुलप्रसाद पौडेल, सचिवमा मोहन प्रसाद ढुंगाना र कोषाध्यक्षमा राजुबहादुर कोइराला चयन भएका छन ।

यसै गरी असोजको १७ गते नुवाकोट र रसुवा जिल्लमा स्थानीय तह कर्मचारी युनियनको जिल्ला कार्यसमिति गठन भएको छ । नुवाकोटमा रामचन्द्र लामिछानेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा टेकबहादुर अधिकारी र मोतिमायाँ तामाङ, सचिवमा रामकुमार राई र कोषाध्यक्षमा गणेशबहादुर रोकाय चयन भएका छन । सोही दिन रसुवा जिल्लामा पनि युनियनको तदर्थ जिल्ला कार्यसमिति गठन भएको छ । सुरज प्याकुरेलको अध्यक्षतामा गठन भएको समितिको सचिवमा इन्द्रप्रसाद प्याकुरेल चयन भएका छन । नुवाकोट कांग्रेसका सभापति जगदिशश्वर नरसिंह केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय महासचिव एवं नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य रामप्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

असोजको तेस्रो साता बार र महोत्तरी जिल्लामा पनि युनियनको जिल्ला कार्यसमिति गठन भएको छ । महोत्तरीमा सर्वेस यादवको अध्यक्षतामा गठन भएको कार्यसमितिको उपाध्यक्षमा सफलत शाह, सचिवमा नारायण बहादुर शेन र कोषाध्यक्षमा खुशीराम यादव चयन भएका छन । महोत्तरी र बारामा युनियनको ११/११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।

स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय महासचिव एवं नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य रामप्रसाद पौडेलले करिव ४६ जिल्लामा युनियनको कार्यसमिति गठन भएको जानकारी दिए । ७७ वटै जिल्लामा युनियनको जिल्ला कार्यसमिति गठन गरी शसक्त रुपमा अघि बढ्ने महासचिव पौडेलले बताए । पौडेलले भने मुलुक संघीयतामा छ, यो प्रणालीमा केन्द्रीयता कम र स्थानीयता बढी हुन्छ । त्यसैले जनताको सेवामा समर्पित स्थानीय तह कर्मचारी युनियन शसक्त हुनु पर्नेमा महासचिव पौडेलले जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *