काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सम्बन्धमा शुक्रबार देशवासीका नाममा गरेको सम्बोधन कार्यान्वयन गर्न कोभिड–१९ रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले निर्देशन दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उक्त समितिको शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कोभिड–१९ रोकथामका लागि सरकारले गर्नुपर्ने काम कार्यान्वयनको कार्यतालिकासहित अघि बढाउन मुख्य–सचिवको संयोजकत्वमा गठित कार्यदललाई निर्देशन दिएको हो ।
बैठकपछि अर्थ, सञ्चार तथा सूूचना प्रविधिमन्त्री डा युुवराज खतिवडाले सरकारले गर्नुपर्ने तयारी र प्रधामन्त्रीको सम्बोधनमा परेका कतिपय विषयलाई स्पष्ट पार्ने काम भएको बताए । उनले भने, “मानिसकै आवतजावतबाटै बढी फैलने डर र सन्त्रास हुने भएकाले लामो दूरीको सवारी र हवाई सेवा रोक्ने भन्ने भएको छ । यी सबै विषय कार्यान्वयनको कार्यदलले तयारी गर्दैछ । लामो दूरीका सवारीसाधन नचल्ने भए पनि अत्यावश्यक सामान ढुवानी कुनै पनि अवरुद्ध नहुने स्पष्ट गर्दै अर्थमन्त्री डा खतिवडाले भने, “आपूर्ति व्यवस्थामा कुनै प्रतिकूल प्रभाव पर्दैन ।”
मुुलुकको हवाई सेवा रोकिएपछि यात्रामा रहेका र कपितपय विमानस्थलमा रोकिएका नागरिकलाई सम्बन्धित मन्त्रालयले राजदूतावाससँग छलफल गरी उनीहरुलाई सुरक्षित ढङ्गले ल्याएर क्वारेन्टाइन राख्नुपर्छ भन्ने कुरा बैठकमा उठेको बताउँदै उनले उक्त काम पनि कार्यदलले गर्नेछ बताए ।
सार्वजनिक–निजी अस्पतालले कोरोना सङ्क्रमणको शङ्का लाग्ने बित्तिकै सम्भावित रोगी र स्वास्थ्य परीक्षण गर्न आउनेलाई जाँच नगर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण सरकारले उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए । उनले भने, “दैनिक अत्यावश्यक वस्तुुको सेवा सञ्चालन गर्ने र अन्य सार्वजनिक सेवालाई निरुत्साहित गर्नुपर्छ भनेर धेरै मान्छेको चहलपहल र जमघट हुने स्थिति रोक्नुपर्छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रधामन्त्रीबाट देशवासीलाई भएको सम्बोधन र त्यहाँ गर्नुुभएको निर्देशनलाई व्यावहारिक ढङ्गबाट कसरी कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा छलफल भएको बताए । मुुख्य सचिवको अध्यक्षतामा रहेको समितिले प्रधानमन्त्रीको सम्बोधनका बुँदा र हामीले गर्नुपर्ने कामका बारेमा तयार गरिने प्रस्ताव गर्न निर्देशन भएको उनले जानकारी दिए । समितिका सदस्यसचिव नारायणप्रसाद विंडारीले हामी सबै सुरक्षित रहनुपर्छ भनी स्वास्थ्य सचेतनाका कुरालाई एकअर्कामा सकारात्मक ढङ्गबाट पुु¥याउनुपर्छ भन्नेमा केन्द्रित रहेर छलफल भएको बताए ।




