देश

कांग्रेस महाधिवेशनको चौथो दिन : आज के–के हुँदैछ ?

 

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ ।

आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।

मनोनयन दर्ता गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्नेछन् ।

आज उम्मेदवारको नाम फिर्ता लिने वा सच्याउने निवेदन बिहान ९ बजेसम्म दिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आज दिन दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *