देश

स्वास्थ्य सेवालाई सहज बनाउन एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी

काठमाडौं । एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श र गुणस्तरीय स्वास्थ्य सेवालाई सहज बनाउने उद्देश्यले एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी गरेका छन्।

साझेदारी भए अनुसार रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन पाउने जनाइएको छ । रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूलाई बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट दिने समेत प्रतिवद्धता भएको छ । गत मङ्गलबार आयोजित कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतामा पत्रमा हस्ताक्षर गरेर सो सहमती गरेका हुन् ।

नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर मोबाइल सेवा लिएका उपभोक्ता तथा प्रयोगकर्ताहरूलाई थप लाभ प्रदान गर्ने तयारीका साथ सो योजना बनाइएको बिजनेस अफिसर उपाङ्ग दत्तले बताएका छन् । । यस साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ। त्यसपछि सेवाग्राहीले उनले एपभित्र पार्टनर्ड सर्भिसेज खण्डमा गई नेपाल मेडिसिटी अस्पताल छनोट गरेर सेवा लिन समेत आग्रह गरेका छन् ।

यस्तै नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले चिकित्सा सेवामा पहुँच प्रदान गर्नु मात्र नभएर यस साझेदारीले कसरी कर्पोरेट र स्वास्थ्य संस्थाहरूले मिलेर नेपालभरका समुदायहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी बनाउन यस्तो साझेदारी गरिएको बताएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *