काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन्।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ।
अहिलेसम्म शर्माको एकल उम्मेदवारी परेको छ । उनलाई कसैले पनि चुनौती दिएको छैन । यद्यपि मनोनयनको समय अझै बाँकी रहेकाले अन्य नेताको पनि उम्मेदवारी पर्ने सम्भावना भने छ । यदि कसैको पनि उम्मेदवारी नपरेमा शर्मा निर्विरोध निर्वाचित हुनेछन् ।




