काठमाडौं । राष्टिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । राजपा अध्यक्ष मण्डलको बुधवार भएको बैठकले स्वदेशमै प्रधानमन्त्रीको सफल मिर्गौलाको प्रत्यारोपण भएकोप्रति खुशी व्यक्त गर्दै उनको स्वास्थ्यलाभको कामना गरेको हो।
राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोनाका भाइरसको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आम जनसमुदायलाई अपिल गरेको छ । राजपाले रङ्गको पर्व होलीको पावन अवसरमा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै चिकित्सकीय सल्लाह अनुसारको होली पर्व सचेतनापूर्वक मनाउन आग्रह पनि गरेको छ । साथै, सङ्घीय सरकारलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी कोरोनाको सम्भावित रोकथाममा लाग्न सचेत गराएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




