काठमाडौं । चर्चित नेपाली क्रिकेटर सोमपाल कामी बिबाह बन्धनमा बाधिएका छन् । धनगढी निवासी प्रतिभा घिमिरेसँग आज बिबाह बन्धनमा बाधिएका हुन् ।
उनले ४ वर्षको प्रम सम्वन्धलाई बिबाहमा परिणत गरेका हुन् । घिमिरे बैंकर हुन् । क्रिकेट खेल्न धनगढी पुगेका सोमपाल प्रतिभाको घरमा भाडामा बस्ने एकजना सुरक्षाकर्मी दाईको विशेष आमन्त्रणमा पहिलो पटक उनको घरमा पुगेका थिए ।
विशेष निमन्त्रणामा खाना खान प्रतिभाको घर पुगेपछी उनिहरुको परिचय त्यहीबाट सुरु भएको थियो । मित्रताबाट सुरु भएको प्रेम सम्बन्ध बिबाह बन्धनमा परिणत भएको हो ।




