काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सर्वसाधारण सबैमा समस्या परेको छ ।
खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा बाढी बगेको छ ।
जसका कारण सवारी आवगमण तथा पैदल यात्रीहरु समस्यामा परेका छन् ।









