काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको सानेपामा जारी छ । आज र भोलि गरी दुई दिने भेलामा देशभरबाट आउनेको संख्या बढिरहेको छ ।
एमालेभित्र देखिएको आपसी विवादले पार्टीपंक्ति नै दुई धारमा देखिएको छ । पार्टीभित्रको मतान्तर मिलाउन लामो समयपछि बसको बैठकले पनि कुनै निष्कर्ष ननिकालेपछि माधव नेपाल पक्षले आजदेखि राष्ट्रिय भेलाको आयोजना गरेको हो ।







