काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । जेठ २ गते शनिबारसम्मको विवरणअनुसार चार नेपाली फिल्महरूको कमाइ र टिकट बिक्री विवरण सार्वजनिक गरिएको हो ।
बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले सर्वाधिक कमाइ गर्दै अग्रस्थान कायम गरेको छ । फिल्मले हालसम्म ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ कमाएको छ भने १ लाख ५१ हजार ९२८ टिकट बिक्री भएको छ ।
बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लाली बजार’ ले पनि राम्रो व्यापार गरेको छ । फिल्मले १ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ कमाइ गर्दै १ लाख १४ हजार ४८६ टिकट बिक्री गरेको छ ।
त्यसैगरी सोही मितिमा रिलिज भएको ‘मालती मंगले’ ले अपेक्षित दर्शक आकर्षित गर्न सकेको छैन । फिल्मले ४४ लाख ७८ हजार ६०८ रुपैयाँ कमाउँदै १३ हजार ८९० टिकट बिक्री गरेको छ ।
त्यस्तै बैशाख २५ गते नै प्रदर्शनमा आएको ‘गुरु आमा’ ले २८ लाख ४४ हजार ४५१ रुपैयाँ कमाइ गर्दै ८ हजार ९७४ टिकट बिक्री गरेको छ ।




