मनोरञ्जन

मिस नेपाल २०२५ को आवेदन खुल्यो

काठमाडौँ । मिस नेपाल २०२५ को आवेदन खुलेको छ । नेपालमा द हिडेन ट्रेजरले मिस नेपालको आयोजना गर्दै आएको छ ।

१८ देखि २७ बर्षका अविवाहित युवतीले मिस नेपालमा आवेदन दिन सक्नेछन् । साथै नेपाली नागरिक हुनुपर्ने र न्युनतम कक्षा १२ को अध्ययन सकेको हुनुपर्ने उल्लेख छ ।

मिस नेपालको आवेदन दिन ५ फिट ३ इन्च उचाई भएको र शरीरमा कुनै टाटु नबनाएको हुनुपर्ने द हिडेन ट्रेजरले उल्लेख गरेको छ ।

मिस नेपालले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा प्रतिष्पर्धा गर्ने अवसर पाउने गर्दछन् ।

यस लिंकमा गएर मिस नेपालका लागि आवेदन दिन सकिन्छ= https://www.missnepal.com.np/apply

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *