मनोरञ्जन

अमेरिकाबाट कुमारले ल्याए ‘भिझाएरआँशु’  

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘भिझाएर आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा  शब्द अमेरिकामा बसोबास गर्दै आएका  गीतकार कुमार सिवाकोटीको रहेको छ । यो गीत गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ । दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ ।  सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।  मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो ।  भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल सम्म  लोक, आधुनिक, सेण्टिमेण्टल गरेर १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन् । अमेरिकामा विभिन्न व्यवसाय गर्दै आइरहेका सिवाकोटी नेपाली भाषा, साहित्य र संगीतलाई निकै माया गर्छन् ।  गीतकार सिवाकोटीको शब्दमा रहेको ‘ जँहा भए पनि नेपाली बन्न पाइयोस’ बोलको गीत गायक सिडी विजय अधिकारीले सा रे ग म पा को मंचमा समेत प्रस्तुत गरेका थिए ।  आगामी दिनमा प्रमोद खरेल , प्रविन बेडवाल, कर्मा ग्याल्चेन बम्जन लगायत थुप्रै चर्चित गायक गायिका आवाजमा गीतहरु सार्वजनिक गर्ने तयारी रहेको गीतकार सिवाकोटीले बताएका छन् ।

भिडियो लिंक: https://youtu.be/eD2kp0rHvrg

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *