मनोरञ्जन

मल्लिका र अनुज फिचर्ड ‘नौडाँडा पारी २’ सार्वजनिक

काठमाडौं । हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालको संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘नौडाँडा पारी २’  सार्वजनिक भएको छ । ५ वर्ष  अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भएको थियो ।  

‘नौडाँडा पारी २’मा  चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका  गायक राजु लामाको सुमधुर स्वर सुन्न सकिन्छ ।  टाढा रहेका  २ प्रेमीहरुको  सम्झना र कल्पनालाई समेटिएको यस यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।  म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ ।

भिडियोमा मोडल गुरुङ सैनिकको भूमिकामा देखिएका छन् । चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।  भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।  भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ ।   

भिडियो लिंक: https://youtu.be/oy8ZOEP9zyo

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *