काठमाडौँ । चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’को जारी सिजन बन्द हुने भएको छ । विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको शो फेब्रुअरीको मध्यबाट बन्द हुन लागेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । शोको यो सिजन समाप्त हुन लागेको भए पनि शो सदाको लागि अफ एयर भने हुने छैन ।
कपिल शर्मा व्यस्त रहँदासम्म केही महिनाको लागि शो बन्द रहनेछ । शोमा कपिलसँगै किकु शारदा, कृष्णा अभिषेक, भारती सिंहलगायतका कमेडियनले प्रस्तुति दिने गरेका छन् ।
अहिले कपिलकी श्रीमती गिन्नी गर्भवती छिन् । त्यसका लागि पनि उनी कार्यक्रमबाट बन्द गराउन लागेको हुनसक्ने अनुमान गरिएको छ । निकै सफल माथिको उक्त शो नै बन्द हुन लागेको चर्चा चलेसँगै थुप्रैले चिन्ता व्यक्त गरेका छन् ।




