काठमाडौँ । गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘झम्के माया’ बोलको नयाा गीतको भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत छ ।
राहुल शाहको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नायिका स्वस्तिमा खड्काको साथमा राहुल पनि फिचर्ड छन् । पवन सुस्लिङको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।




