मनोरञ्जन

दिलिप र आशिष्माको ‘चल्यो मायाको बतास’ (भिडियो)

काठमाडौँ । गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको स्वर रहेको ‘चल्यो मायाको बतास’बोलको नयाँ गीत सार्वजनिक भएको छ । हरी उप्रेतीको शब्द रहेको गीतमा विकाश चौधरीले संगीत भरेका छन् ।

प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियोमा नायक दिलिप रायमाझी र नायिका आशिष्मा नकर्मीको नृत्य देख्न सकिन्छ । राजन शाहीको कोरियोग्राफी रहेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ ।