काठमाडौँ । र्यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को ‘माकुरी’ बोलको नयाँ गीत बजारमा आएको छ । नवराज कलाउनीको शब्द रहेको गीतमा मिस्टर आरजेले नै संगीत भरेका छन् ।
विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा जिवेश गुरुङ, प्रयांकर एलिस राई, हरिश निरौला (कक्रोच), मोडल उषा उप्रेती र टुइन्स गर्ल समारिका र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ । भिडियो हरि हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन्।




