मुख्य समाचार

थारु समुदायलाई छुट्टै कोटाको माग सर्वोच्चद्वारा अस्वीकार, लोकसेवाको परीक्षाको बाटो खुल्यो

काठमाडौं लोकसेवा आयोगसँगै अन्य सरकारी निकायले निकाल्ने विज्ञापनमा थारु समुदायलाई वेग्लै क्लष्टर हुनुपर्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

थारु समुदायलाई ६ दशमलव ६ प्रतिशत आरक्षण माग गर्दै दायर भएको रिटहरुको सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कायम मुकायम प्रधानन्याधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले एउटै विषय समावेश भएका १२ वटा फरक फरक रिटहरुको एक मुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लोकसवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

थारु समुदायलाई सबै परीक्षामा ६ दशमलब ६ प्रतिशत छुट्टै कोटाको माग गर्दै थारु कल्याणकारिणी सभा लगाएतका संघसंस्थाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *