काठमाडौं । सरकारले विदेशबाट नेपाल प्रवेशमा लगाएको केही प्रतिबन्ध हटाउने निर्णय गरेको छ । भारतमा ओमिक्रोन संक्रमण फैलिन लागेका बेला सरकारले भने विदेशबाट आउनेहरुमाथि लगाएको कडाई खुकुलो बनाउने निर्णय गरेको हो ।
कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा १० दिन घरमै क्वारेन्टाइन बस्नेगरि प्रवेश अनुमति दिने निर्णय गरेको हो । त्यस्तै कोरोनाविरद्धको खोपको पूर्णमात्रा लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिकलाई सहज रुपमा प्रवशे दिने निर्णय सरकारले गरेको हो ।
त्यस्तै पुर्ण खोप लगाएका र पीस्आर रिपोर्ट नेगेटिभ भएका कूटनितिक वा अफिसियल पासपोर्टबाहक वा आवसिय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थाम घरमै १० दिन क्वारेन्टिन बस्नेगरी प्रवेश अनुमति दिइने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।




